आइतबार धुम्मधाम्म तताउन खाइयो
सोमबार चर्को घामले पोल्दा चिस्याउन लाइयो
मंगलबार साथी चैं को टेन्सन धपाउनु थ्यो
बुधबार झ्वाँकैझ्वाँकमा बिनाकारण खाइयो
बिहिबार स्याउको शुद्ध भन्दै भिराइ छाडे
शुक्रबार त ह्याप्पी फ्राइडे लाउने नै हो लाइयो
शनिबार त नखाने है भन्दै बसेको थें
अरब गको साथी आएछ कहाँ धर पाइयो ?
चक्र यहि हो अहिलेसम्म घ्याम्पा मात्रै होइन
भर्नु भने फेवा रारा दुइटैलाई सुकाइयो !!