about

Wednesday, 28 December 2011

ए काँग्रेस ?

ए काँग्रेस, हन तँ पैले कि
प्रजातन्त्र पैले ?
यतिन्जेल कुरियो
अब सोधें मैले

राणाशाही धपाउन
आफैं लागें भन्छस
न्वारान तेरो सोध्दा
सात सालअघि गन्छस
गान्धी सँगै लड्या
भातर माथि गयो
नेपाल चैं उही
ठाउँको ठाउँमै  रह्यो
घोकेको घोकेकै प्रजातन्त्र जैले

ए काँग्रेस, हन तँ पैले कि
प्रजातन्त्र पैले ?

चल्ला र अन्डाको
कुरै मिल्या थेन
कसैले चित्तबुझ्दो
जवाफै दिएन
तैंले फेरि अर्को
थपिदिइस लेठो
पाटीमा सबैभन्दा
भइखाको जेठो
खोकेको खोकेकै प्रजातन्त्र जैले

ए काँग्रेस, हन तँ पैले कि
प्रजातन्त्र पैले ?

सबैले मानेकै थे
जिताए चुनेर
गर्ला कि जेठैले
मनमनै गुनेर
एकपल्ट कहाँ हो र
दुदीपल्ट सम्म
कुहिरो लाग्या पहाडझैं
बसिस डम्मसम्म
लोपारिस सिरैदेखी पाउसम्म तैंले

ए काँग्रेस, हन तँ पैले कि
प्रजातन्त्र पैले ?

कहल झगडाको
कमि छैन ओइरो
एउटा गुट खन्छ
अर्काको खोइरो
तै पनि जादैन तँमा
ठुलै पैरो
पशुपतिले थाप्लामा
राख्छन कि हात
बुझिनसक्नु भो
रहस्य छ गहिरो
खासै केही गर्दैन
सधैं अल्छे तिघ्रो
नमिठो नि खाँदैन
स्वादे  छ जिब्रो
बोकेको बोकेकै साहुमहाजन जैले

ए काँग्रेस, हन तँ पैले कि
प्रजातन्त्र पैले ?

आफ्नो कर्मलेखा
आफैं गरी खानु
हुनेका भंडारमा
झुक्केर नजानू
म सडक बनाउँला
बिजुली जलाउँला
सकियो भने
बेंशी कुलो खनाउँला
तर धनिगरिबका
कुरा बन्द गर्नू
खानू देको चारो
आवाज मन्द गर्नू
तेरो यस्तो नीति फेरिने हो कैले ?

ए काँग्रेस, हन तँ पैले कि
प्रजातन्त्र पैले ?

चोर औंलो ठड्याएर
एक जुगै बिताइस
खै के के गरिस तैंले
के के चिताइस

'बि. पी. भन्नुहुन्थ्यो'
'बि. पी. भन्नुहुन्थ्यो'
यहि मन्त्र जप्दै
भुर्भु वस्व भुलिस
तर देश र जनता
सुलिसको सुलिस

न त दिस गरिबलाई
एउटा दुहुने गाई
न तेर्स्याइस बलो
भनी झुपडीलाई
कहाँ छन् बि. पी. ? के छ समाजवादको ऐले ?

ए काँग्रेस, हन तँ पैले कि
प्रजातन्त्र पैले ?

सबै भन्थे चोरऔंले
बुढा बितेपछि
सिद्धिने हो काँग्रेस
बलले जितेपछि
देखियो अर्का बुढा
अझ बज्र आए
युवापुस्ता सबले
तेसै जिल खाए
टुलुटुलु हेर्दै भित्रभित्रै गम्छन्
कसले भन्छ यिनलाई
अरु भन्दा कम छन्
अब यहि तालले
अर्को जुग हान्छ
डिमक्र्यासी सरेर
नयाँ पुस्ता जान्छ
घोकेको घोकेकै प्रजातन्त्र जैले
शिवजीको साँढे झैं उग्राईउग्राई तैंले
कापेमा पार्याछस प्रचण्डलाई ऐले
बुढा मै छ लच्छिन पत्तो पा'छस  तैंले


ए काँग्रेस, हन तँ पैले कि
प्रजातन्त्र पैले ?
यतिन्जेल कुरियो
अब सोधें मैले |

  •         




1 comment:

  1. खासै केही गर्दैन
    सधैं अल्छे तिघ्रो
    नमिठो नि खाँदैन
    स्वादे छ जिब्रो
    बोकेको बोकेकै साहुमहाजन जैले

    ए काँग्रेस, हन तँ पैले कि
    प्रजातन्त्र पैले ?

    Yam jee ko kavita ma BHUPI SHERCHEN ko ... euata sano chok chha, k chhaina yaha sab thok chha... vanne jasta anuprashukta akarshan prayog ekduma ramro lagyo,byangya, hasya ra peeda sangsangai aauchhan...kavitama... pahila ta samanya jasto lageko thiyo padhdai jada chhodnai man lagena,, utkrista kavita...

    ReplyDelete