लौ सुन कथा यस्तो हो भन्दै कथा भन्नको रिपु सुरज कथा भन्न तम्सियो:
बेदनिधि साथीहरु माझ कहिले घुलमिल नहुने. सधैं सटका सिरानैसम्मका टाँक लाएर किलकिले कसेर हिड्छ. सगैका साथीहरु बजारमा निस्किने अनेक भाँतिका नयाँनयाँ पहिरनमा खुलेर हिड्छन ऊ भने एउटा पुरानो छालाको खुइलिसकेको पेटी कसेर सधैं सटका बाउला लमतन्न फेदैसम्म झारेर हिंड्छ. ऊ प्राय लुगा सधैं एउटै जसो लाउछ. नपुगेर नभएर पनि होइन. खोइ अहिलेको जमानाको भएर पनि के भाका टिपेन टिपेन बेदनिधिले उसलाई कसैले पनि आफ्नो चित्तको साथी बनाउन कोहि अघि सरेन. सबैसँग उसको उही 'हल्लो' दोस्ती मात्रै छ. प्राय कलेजमा पनि लुखुरलुखुर एक्लै आफ्नो बाटो नापिरहेको देखिन्छ. पढाइमा पनि तेती अब्बल छैन ऊ. पढ्न लाई ऊ सबै बेला पढिनै रहेको हुन्छ तर जाँचको परिणाम आउदा ऊ सोचे जस्तो केही ल्याउन सक्दैन. सगैका दौतरीले साथीभाई, भेला जमघट, घुमघाम, पिकनिक, मनोरंजन, डेटिङलाई दिने समय ऊ पढाइलेखाइ मै लाउछ र पनि अहँ ऊ कलेजको गन्तीमा आउने विद्ध्यार्थी हुन सकेको छैन.
डेराको विद्यार्थी जीवन हेर्दा निक्कै नै सादगीपूर्ण छ बेद्निधिको. सामान्य दालभात औशी पुर्न्यामा एसो बोइलर्को फिलो र एक मुठो किन्दा गोरु अघाउने पराल पनि सँगै आउने तेही साग र पानी चडेको अररो काउलीको झोल. ऊ एक्लै बस्छ.पहिला साथीसँग बस्थ्यो तर साथी अलिक उच्छट परो भनेर ऊ एक्लै बस्न थालो. साथी कि एउटी केटी लेर आउने र उसलाई नाकका चालले बाहिर जा मलाई चान्स दे भन्ने कि रातभरि केटीसँग फोनमा गफ गरेर न सुत्न दिनु न पढ्न दिनु पारेपछि उसले एक्लै बस्ने निर्णय गरेको.
बेद्निधिले एकदिन रत्नपार्कका सडक पेटीबाट "सर्बाङ्ग'' भन्ने बाहिर गाताको तस्बिरमा एउटी केटीको सबैथोक जसो देखाएको एउटा पत्रिका किनेर ल्यायो कोठामा. उसलाई त्यो तस्बिरले नै किनौ किनौ पारेको हो. उसले उचालेर एसो पल्टायो, भित्र अझ तामझामका कुरा देखेपछि खुरुक्कन रु. २५ झिकेर बुझाएको हो उसले त्यसलाई. कोठामा आएर उसले चित्त दिएर त्यो किताब जस्तो पत्रिका पढो, पल्टायो, दोहोर्यायो र मनमनै के के सोच्यो. त्यस साँझ वेदनिधिले एउटा कविता लेख्ने बिचार गरो. अनेक पल्ट केरकार गरेपछि उसको लेखनीले अन्तिम रुप पायो.
'क्याम्पसको पढाइ डेराको बास
कता पर्छ चाबी कता पर्छ साँचो
भात पकायो भातै काँचो,
शरीरलाई पनि खोइ तिम्रै हो कि खाँचो
बेदनिधि एकपल्ट पढेर मुस्कुरायो. अब त ऊ रत्नपार्क जाँदा एउटा न एउटा मनकारी सर्दाम बोकेरै आउन थालो. कहिले कामसुत्र, कहिले हटगल.....
क्याम्पसमा पिकनिक जानेबारे बठैक बस्ने भो. बेदनिधिलाई मन त थिएन तर एउटा साथीले तानेरै घिस्यायो उम्कनै दिएन र ऊ पनि बैठकमा बस्यो. केटी लाने कि नलाने पिकनिकमा भन्नेबारे तेतिकै कुरा उठ्यो. खासमा केटी बिनाको पनि पिकनिक हुन्छ भन्ने सबैलाई थाहा छ. गर्दागर्दै केटाहरु अनेक भन्न थाले. कोहि पहिलो समागमको अनुभव दिन थाले, कोहि ह्याट्रिक गरेको गर्व सुनाउन थाले. बेदनिधिलाई केटाहरुको यहि बानी ठीक नलागेर हो बैठकमा बस्न नमानेको अघि. 'खाली अर्काका चेलीबेटीलाई गिद्दे लाउन मात्रै जानेका' उसका मनले यहि भनो.
'गिद्दे, चमेरे, चिले, कागे, ढुकुरे जे लाउनु अर्कैका चेलीबेटीलाई नै त हो भन्ने पनि भुल्यो कि क्या हो बेदेले' कथाको बीचैमा नरेशले रयाक हानो.
'सुन न सुन, हा हा हाहा' सुरजले एक पल्ट हाब्रो च्यातेर हाँसो र फेरि कथा भन्न थालो.
बेदनिधिले पिसाब आयो भनेर त्यहाँबाट उठेर चम्पट हानो होइन. पिकनिक तय भयो फागुन ७ गतेलाई. भोलिपल्ट क्याम्पसमा पिकनिकमा जानेको नाम टिप्दै हिड्दा बेदनिधिले आफ्नो नाम दिएन. १५ दिन पछि पिकनिक हुने भो केटाकेटी सबैको जमघट. खुलेर रमाइलो गर्ने, नाच्ने, केटाकेटी 'नो डीस्क्रिमिनेसन'
पिकनिकको नीति निर्माण भयो. बेदनिधिले सबै सुन्यो तर नसुने जस्तो गरो. ऊ नजाने भो पिकनिक.
भाग्यको लेखा बेदनिधि एउटा सवारी दुर्घटनामा पर्यो तेही साँझ. उसलाई सिकिस्त स्थितिमा अस्पताल पुर्याइयो तर ऊ बाँचेन. सबै साथीले दुख माने र बिर्सिए. फागुन ७ को पिकनिकमा सबै रमाए झुमे. बेदनिधि त ढिलो ढिलो गरी पिकनिक पो पुग्छ त गाँठे !!!!! सबैले प्रेत भनेर डराए. डराएर काम थिएन. बिरेनले साहस गरेर बेदनिधिलाई सोध्यो- 'ए तिमी त बितेको होइन दुर्घटनामा ?' 'हो नि तर फर्किनु पर्यो नि फेरि' बेदनिधिले रुन्चे मुख लाएर भन्यो. 'किन नि के भो मरेर पनि कोहि फर्किन पाउछ?' अर्कोले डराइडराइ सोध्यो. 'चित्रगुप्तले खाता पल्टायो र मलाई घुरेर हेर्यो र खाता लिएर मलाई पछि पछि आइज भन्दै यमराजका मा पुर्यायो र खाता जाहेर गर्यो. खाता हेर्ने बित्तिकै यमराजले खाउँलाझैँ गरेर 'थुक्क' भन्दै जोडले भुइमा थुक्यो र मलाई एक चड्कन लायो.....' 'अनि?' बिरेनले भन्यो. अरु सास दबाएर बेदेको जागित्रका कुरा सुन्दैछन. '...अनि ए मुर्ख नालायक युवक, तेरो के हो चाला ? तेत्रो गणतन्त्र आयो तेरो देशमा अझै तँ.... 'किन महाराज ? आउन ता आको छ महाराज' मैले भने. 'लौ भन युवक तेरो पहिलो यौन आनन्दको कथा, सुना तेरो पुरुषार्थ' भनेर ऊ गर्जियो. 'म त महाराज कुमार नै छु, एकदम पबित्र महाराज' मैले भने. ' तेरीमा पिछडीएका लिङ्ग, उन्तीस उन्तीस बर्ष सम्म प्रकृतिको मुलधारमा अनाइकन के हेरेर बसिस त तँ ? यस्ता पिछडीएका लिङ्गलाई यहाँ ठाउ छैन' भनेर एउटा चन्ड बोलाएर मुन्टयाउन लगायो अनि घरै नगई सोझै पिकनिक आको म त' भनेछ अरे बेदेले. केटाहरु गलल हाँसे. 'लू यार म त तेसो भा आउनु पर्ने रछ फर्केर' अशिकले भनो. हाँसोको अर्को एक राउण्ड चल्यो. पकाउने तयारीमा लागेका केटीहरु केटाको हाँसो सुनेर फर्किएर हेरे र फेरि काममा लागे. केटा पनि आफ्नो भागमा परेको काममा लागे.
'हि हि हि पिछडिएको लिङ्ग' जनक ढुंगाको चुलो बनाउदै एक्लै हास्छ.
'हि हि हि पिछडिएको लिङ्ग' जनक ढुंगाको चुलो बनाउदै एक्लै हास्छ.
No comments:
Post a Comment